
काठमाडौं। दक्षिण अमेरिकी मुलुक बोलिभियामा भएको ‘कू’को प्रयास असफल भएको छ।
बोलिभियाका सैनिकहरूले राजधानी लापाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए। यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए।
सैनिक प्रमुख जोसेलाई ३ घण्टामै पक्राउ गरिएको थियो। यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
भिडियोमा बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए। त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो। यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे।
प्रधानसेनापति जनरल जोसेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका थिए।
आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए। उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए।
बोलिभियाका स्थानीय सञ्चारमाध्यमअनुसार जनरल जोसेलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो। उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो।
स्थानीय पत्रकारहरूका अनुसार जनरल जोसे ‘कू’ प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो।
सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए।
जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेका थिए। त्यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो।
देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल जोसे र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। उनीहरूलाई कडा सजाय दिइनेछ।
बोलिभियामा विद्रोहको प्रयास कुनै नयाँ कुरा होइन। विगत २ सय वर्षमा देशमा १९० पटक विद्रोह भएको छ। बोलिभियामा १२ करोड मानिस बस्छन् । देशका वामपन्थी राष्ट्रपति लुइस आर्सेलाई पूर्वराष्ट्रपति मोरालेसले आफ्नो उत्तराधिकारीको रूपमा चुनेका थिए।
तर, सत्तामा आएदेखि नै पार्टीको नियन्त्रणलाई लिएर दुवै नेताबीच विवाद छ। आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने प्रतिस्पर्धा पनि छ। बोलिभियाको अर्थतन्त्र झन् कमजोर बन्दै गएको छ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...