
काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर सभा बैठक महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र वडाध्यक्षहरुबीचको विवादका कारण स्थगित भएको छ।
शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो। बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो।
शुक्रबार आगामी वर्षको २०८१-०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो।
काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो।
न्यायिक समितिको आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।
महानगर प्रमुख शाहले शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै ‘कांग्रेस–एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।’
उनले कांग्रेस–एमालेका जनप्रतिनिधिले विपी र मदन भण्डारीको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन्।
यस्तो छ उनको पोष्ट –
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें। सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान देख्नु भयो होला। त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...