
काठमाडौं। नेपाल सरकार पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरेर हुने गरेको अर्बौँ रुपैयाँ घोटाला रोकेको दाबी गरेका छन्।
गृहमन्त्री रबी लामिछानेले प्रतिनिधि सभा र सार्वजनिक कार्यक्रममा टेरामक्स खरिद प्रकरणमा घोटाला भएको भन्दै त्यसवारेमा अध्ययन गरी दोषीलाई कारबाही गरिने भनेर सार्वजनिक अभिव्यक्ति दिई रहेको बेलो पूर्वसंचार तथा सूचनाप्रविधि मन्त्री बस्नेतले प्रतिनिधिको बैठकमा यस्तो धारणा राखेका हुन्।
उनले कल बाइपास गरेर अर्बौँ रुपैयाँ घोटाला हुने कार्यलाई आफूले रोक्न टेरामक्स प्रविधि भित्र्याएको पनि खुलासा गरे।
सांसद बस्नेतले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए। बस्नेतले कल बाइपास गरेर वार्षिक रूपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए।
उनले आफूले आँट गरेर सो विधिको सुरुवात गरेको भन्दै आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...