लन्डन। विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान स्कटल्याण्डको एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञ भगवान कोइरालासहित दुई जना नेपालीले शल्य चिकित्सक अवार्ड पाएका छन्।
डा.भगवान कोइरालालाई रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) र डा.कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्डबाट सम्मान गरिएको छ।
जेठ १४ गते अर्थात जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड प्रदान गरिएको थियो। एडिनबर्गको रोयल कलेज अफ सर्जन्स सन् १५०५ मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो सर्जन प्रशिक्षण संस्थान हो।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...