सशस्त्रका असई थमन विक हत्या प्रकरणका फरार अभियुक्त पूर्वसांसद यादव पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सशस्त्रका असई थमन विक हत्या प्रकरणका फरार अभियुक्त पूर्वसांसद यादव पक्राउ

जलेश्वर। सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा फरार रहेका अभियुक्त मधेश प्रदेशका पूर्वप्रदेश सभा सदस्य कौशलकुमार यादव पक्राउ परेका छन्।

यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरीभिण्डाबाट पक्राउ गरेको हो।

महोत्तरीका डीएसपी सन्तुलाल जैसवालअनुसार उनलाई अदालतमा पेश गरिएको छ।

लोकतान्त्रिक समाजबादी पार्टीका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए। २०७४ मा यादव तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं.४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए।

मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते जलेश्वरबाट उपचारका लागि जनकपुरतर्फ एम्वुलेन्समा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरिक्षक थमन बिकलाई नियन्त्रणमा लिएर अमानविय तवरले कुटपिट गरी हत्या गरिएको थियो।

महोत्तरी जिल्ला अदालतले विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

सोही प्रकरणमा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका थिए। तत्कालिन संघीय समाजबादी फोरमका नेता रहेका लक्ष्मी महतो कोइरी गत २०७९ को संसदीय निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भई महोत्तरी क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १७, १३: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १७, १३: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १७, १३: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...