भारतीय सेनाप्रमुख द्विवेदीले गरे पदभार ग्रहण – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भारतीय सेनाप्रमुख द्विवेदीले गरे पदभार ग्रहण

काठमाडौं। भारतीय नयाँ सेना प्रमुखको रुपमा जनरल उपेन्द्र द्विवेदीले पदभार ग्रहण गरेका छन्।

जनरल द्विवेदीले आइतबार ३० औं सेना प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन्। जनरल मनोज पाण्डे सैनिक सेवाबाट सेवानिवृत्त भएपछि उनको स्थानमा जनरल द्विवेदीले जिम्मेवारी लिएका हुन्।

१९६४ जुलाई १ मा जन्मिएका द्विवेदीले सैनिक स्कूल रेवा, नेसनल डिफेन्स कलेज र युएस आर्मी वार कलेजबाट शिक्षा हासिल गरे। उनले डीएसएससी वेलिङ्टन र आर्मी वार कलेज (महू) बाट पनि कोर्स गरेका छन्।

यसका अतिरिक्त उनी यूएसएडब्ल्यूसी, कार्लिस्ले, अमेरिकाको प्रतिष्ठित एनडीसी समकक्ष पाठ्यक्रममा ‘विशिष्ट फेलो’ सम्मानित भए। उनले रक्षा र व्यवस्थापनमा एमफिल र रणनीतिक अध्ययन र सैन्य विज्ञानमा डिग्री लिएका छन्।

द्विवेदीलाई परम विशिष्ट सेवा पदक (पीबीएसएम), अति विशिष्ट सेवा पदक (एवीएसएम) र तीन जीओसी इनसी प्रशंसापत्र प्रदान गरिएको छ।

द्विवेदीसँग सैन्य गतिविधिमा करिब ४० वर्षको अनुभव छ। उनी १९८४ डिसेम्वर १५ मा भारतीय सेनाको इन्फेन्ट्री जम्मु कश्मीर राइफल्समा भर्ती भएका थिए। आफ्नो लामो र विशिष्ट सेवा अवधिमा उनले विभिन्न कमाण्ड, कर्मचारी र निर्देशात्मक पदहरूमा सेवा गरेका छन्।

द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालनको अनुभव छ। उनले कश्मीर उपत्यका, असम राइफल्स सेक्टर, इन्स्पेक्टोरेट जनरल असम राइफल्स, भारत–म्यानमार सीमामा आफ्नो बटालियनको कमान्ड गरिसकेका छन्।

उनले आर्म्ड ब्रिगेडमा स्टाफ अफिसर, सैन्य अपरेशन महानिर्देशनालय, सैन्य सचिव शाखा र डिभिजनल र कोर मुख्यालयमा काम गरेका छन्। द्विवेदीले ६२ वर्षको उमेरसम्म वा तीन वर्ष जुन पहिले हुन्छ, त्यसअवधिभर पदमा रहनेछन्।

३१ मेमा जनरल पाण्डेको समयावधि सकिए पनि भारतमा लोकसभाको निर्वाचन चलिरहेकोले एक महिना कार्यकाल थपिएको थियो। पाण्डेले ३० अप्रिल २०२२ देखि भारतीय सेना प्रमुखको जिम्मेवारीमा रहेका थिए।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार १७, १६: २५

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार १७, १६: २५

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ असार १७, १६: २५

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...