उत्तर प्रदेशको सत्संगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

उत्तर प्रदेशको सत्संगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

लखनउ। भारतको उत्तर प्रदेश राज्यस्थित हाथरसको एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो। नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो।

सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन्।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार १९, १३: ४५

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार १९, १३: ४५

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ असार १९, १३: ४५

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...