नेपाली कांग्रेस जनसम्पर्क समिति कतारको १७औं स्थापना दिवस भव्यरुपमा सम्पन्न – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाली कांग्रेस जनसम्पर्क समिति कतारको १७औं स्थापना दिवस भव्यरुपमा सम्पन्न

दोहा (कतार)। नेपाली जनसम्पर्क समिति कतारले आफ्नो १७औं स्थापना दिवस नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ।

दोहास्थित प्लाजा इन दोहामा जुन २४ (असार १४ गते)आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्तमान सरकारले विकासका लागि गति, मति र गन्तव्यको सही बाटो पहिल्याउन नसकेकोले मुलुकका लागि वर्तमान सरकार बोझ भइसकेको बताए।

उनले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने भन्दै अन्य दलले पनि निर्वाचनमा एक्ला एक्लै चुनाव लड्नु पर्ने सुझाव दिए। ‘सरकारका कमजोरीका कारण यतिवेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बिरोधका आवाजहरु सुनिन थालेको छ’, थापाले भनेका थिए, ‘त्यसैले पनि चुनावमा गठबन्धन गर्न हुँदैन।’

महामन्त्री थापाले निर्वाचन अघि नै निर्वाचन प्रणालीमा पुनर्विचार गर्ने पर्ने भन्दै प्रबासबाट आएका विधिन्न सुझावहरुलाई संघीय संसद्देखि आफ्नो पार्टीसम्म लाने बताए।

कार्यक्रमका विशिष्ट अतिथि कतारका लागि नेपाली राजदूत डा.नरेश बिक्रम ढकालले प्रवासमा नेपालीहरुबीच एकताबद्ध भएर मुलुकका लागि सहयोग गर्न आग्रह गरे।

उनले आफूले राजदूतको हैसियतमा प्रस्तुत गरेका १३ प्रस्तावहरुमध्ये आठवटा पुरा गरेको र सबै बाचाहरु पुरा गर्नै लाग्दा कार्यकालको बीचमै फिर्ता बोलाउँदा देशले अघि बढाएका योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न अन्योलता देखा पर्ने बताए।

स्थापना दिवसको सो अवसरमा कतारमा रहेका नेपालका विभिन्न समुदायका संघ, संस्थाका प्रमुख लगायत कतारका लागि नेपाली राजदूत डा. ढकाल विशिष्ट अतिथिहरु नेपाली कांग्रेस जनसम्र्क समिति विभाग प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य नैनसिंह महर लगायतले पार्टीभित्र एकताको खाँचो रहेको बताए।

नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीको अध्यक्षतामा भएको समितिको १७औ स्थापना दिवसको सो कार्यक्रममा समितिका संस्थापक सभापति एवम् नेपाली कांग्रेसका महासमिति सदस्य नरेन्द्र भाट, समितिका सल्लाहकार तथा कांग्रेस महासमिति सदस्य बद्री पाण्डे र समितिका संस्थापक तथा कांग्रेस महासमिति सदस्य बिमल सुवेदीले शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै, जनसम्पर्क समिति साउदी अरबका सभापति अर्जुन थापा, बहराईनका सभापति पदम सुन्दर गुरुङ, कांग्रेस महाधिवेशन प्रतिनिधि तथा समितिका संस्थापक सल्लाहकार क्रान्ति सिंह, प्रमुख सल्लाहकार तथा पार्टी महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधि प्रविन गुरुङ र राज रेग्मीको पनि उपस्थिति थियो।

जनसम्पर्क समितिका महामन्त्री केदार भुसालले संचालन गरेको सो कार्यक्रममा समितिको साउदी शाखाका संस्थापक राजु सैयद, एमाले निकट प्रवासी नेपाली एकता मंच कतारका संयोजक अफसर अलि खान, माओबादी निकट जनप्रगतिशील मंच कतारका अध्यक्ष राज देवकोटा, रास्वपा निकट प्रवास जनसम्पर्क बिभाग कतारका सभापति अब्दुल करीम मिया, राप्रपा निकटको प्रवासी नेपाली एकता समाज (पानस)का अध्यक्ष तिलक श्रेष्ठ, नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, जसपा निकट नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, नेकपा मसाल निकट कतार–नेपाल एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली र जनमत निकट गैरआवासीय मधेशी संघका अध्यक्ष प्रमोद ठाकुरले शुभकामना दिएक थिए।

कार्यक्रमको विशेष अतिथिको रुपमा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए ग्लोबलका अध्यक्ष सुनील घिमिरेले समेत शुभकाना दिएका थिए।

कार्यक्रममा नेजस कतारका संस्थापक महेश जोशी, अर्जुन खड्का, कमल न्यौपाने तथा नेजसका पूर्वकोषाध्यक्ष तथा काग्रेसको महाधिवेशन प्रतिनिधि मोहम्मद शाकिर अली, नेजसका पूर्वमहामन्त्री तथा कांग्रेसका महाधिवेशन प्रतिनिधि धीरज चाम्लिङ राई, नेजसका सल्लाहकारहरु धन बहादुर बलायर र राकेश श्रेष्ठ, नेजसका निवर्तमान उपसभापति नुरहसन मिकरानी, पूर्वमहामन्त्री करीम बक्स मिया, निवर्तमान कोषाध्यक्ष पूर्ण बहादुर पोखरिया र नेजस साउदीका संस्थापक सदस्य यास्मिन सैयद लगायतको उपस्थिति थियो।

यसैगरी नेपाली महिला समाजकी अध्यष माया केसी, नेपाली आदिबासी जनजाति महासंघका अध्यक्ष डीएन मगर नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ, अनेसास कतारका अध्यक्ष लेख कार्की, नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईं, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अली, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष स्माइल पन्त, दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकाल र नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीको कार्यक्रममा उपस्थिति थियो।

सो अवसरमा समाजसेवी आरके शर्मा, प्रवासी नेपाली मञ्च कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, समाजसेवी सागर नेपाल, प्रबासी नेपाली मञ्चका पूर्वअध्यक्ष चानक पोखरेल, समाजसेवी केबी हमाल, जनप्रगतिशील मञ्च कतारका निवर्तमान अध्यक्ष बुद्धि प्रसाद भण्डारी, व्यवसायी राम श्रेष्ठ, बिकाश प्रसाई, तेज कटवाल, तीर्थ संगम राई (रेगीस्थानी कबि) र प्रकाश मिश्रको पनि सक्रियतापूर्वक सहभागिता थियो।

नेजस कतारका पुर्बसदस्यहरु नबीन पौडेल, नारयान खड्का, अमीर श्रेष्ठ, ईश्वर पौडेल, तुलसीराम पाण्डे, उमेर आलम, रामबाबू यादव, एकराज राई, पुरुषोत्तम सुनुवार र अनु प्रसाईंको कार्यक्रममा सहभागिता थियो।

त्यस्तै इकाई समितिका सभापतिहरु किशोरी मण्डल (अलखोर), रहमत मियाँ (हिलाल), तोरण (सनैया) र नूर मोहम्मद खान (नेशनल)को सहभागिता थियो।

प्रदेश समन्वय परिषद्का अध्यक्षहरु कोशीका चुडामणि कार्की, मधेशका नियाज शेख, बागमतिका ललित कुमार तामाङ गण्डकीका सागर पौडेल लुम्बिनीका डिल्लीराज भट्टराई, कर्णालीका डम्बर बूढ़ा मगर, सुदूरपश्चिमका गोरख चन्द ठकुरी र प्रवासी नेपाली समुदायकी संयोजक अम्बिका पौडेलको कार्यक्रममा उपस्थिति थियो।

त्यस्तै समाजसेवीहरु नारायण शर्मा, मञ्जु खनाल, यास्मिन नाज, रमेश केसी, नेविसंघ काश्कीका पूर्वउपाध्यक्ष दिल्ली अधिकारी, नेविसंघ काश्कीका पूर्वसहसचिव राजु केसी, समाजसेवीहरु आश बहादुर, विक्की बिक र तेजीलाल मण्डलको सो अवसरमा उपस्थिति थियो।

त्यस्तै, साहित्यकार मणि पौडेल, सीताराम थापा, ईन्दिरा शाह, घनश्याम जैसी, मौलाना गुलाम नबी, नबिल बैंक दोहाका प्रमुख दीपेन्द्र पौडेल, युवा समाजसेवीहरु बिमल परियार, सुमन नेपाल परियार, कृष्ण भण्डारी, बिष्णु कार्की र दुर्गा थापाको सक्रिय सहभागिता थियो।

कार्यक्रममा पत्रकारहरुको प्रतिनिधित्व गर्दै पत्रकारहरु तिलु शर्मा, अर्जुन पौडेल, सन्ध्या अर्याल, सन्तोष केसी, दर्शन सुनार, सुनील परियार, साबीत्रा लामिछानेको समेत उपस्थिति थियो।

नेपाली जनसंपर्क समितिका संस्थापकहरु, कार्यक्रममा नेपालबाट पाल्नु भएका प्रमुख अतिथि र बिशेष अतिथि तथा राजदुतलाई दोसल्ला र मायाको चिनोल बिशेष सम्मान गरिएको थियो । कार्यक्रमामा बिशेष आर्थिक सहयोग गर्नेहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।

जिल्लागत संस्थाहरुबाट
कोशी प्रदेशको १. ताप्लेजुङ्ग अध्यक्ष – दुर्गा प्याकुरेल
२. पाँचथर अध्यक्ष – लीला राई
३. इलाम अध्यक्ष – खड्ग फागो लिम्बु
४. झापा अध्यक्ष – केशब कार्की
५. मोरंग सुनसरी अध्यक्ष – भिम बहादुर बि.क
६. धनकुटा अध्यक्ष – तिल बिक्रम मगर
७. तेह्रथुम अध्यक्ष – सन्तोष खडका
८. संखुवा–सभा अध्यक्ष – राजेन्द्र खनाल
९. भोजपुर अध्यक्ष – गोबिन्द कटुवाल
१०. खोटांग अध्यक्ष – डिल्लिशेर खडका
११. ओखलढुङ्गा कावा अध्यक्ष – पदम श्रेष्ठ
१२. उदयपुर अध्यक्ष – कमल वाग्ले

मधेश प्रदेश
१) याशीन राइन (कावा अध्ययक्ष– सिराहा सेवा समाज कतार )
२) जमीर नदाफ (अध्यक्ष– धनुषा सेवा समाज कतार )
३) राम हृदय शाह (अध्यक्ष– महोतरी सेवा समाज कतार)
बागमति प्रदेश
१) रामेछाप सेवा समाज कतार – एनबि घिसिङ
२) काभ्रेपलान्चोक सवा समाज कतार– पुर्णसिंह लामा
३) सिन्धुलि सेवा समाज कतार – कृष्ण बर्मा
४) प्रवासि सिन्धुपाल्चोक सेवा समाज कतार – सन्जय पाख्रिन तामाङ
५) नुवाकोट सेवा समाज कतार – दिपेन्द्र लामा
७) धादिङ सेवा समाज कतार – सोम कँडेल– संयोजक
८) चितवन सेवा समाज कतार– सुमन भारती
गण्डकी प्रदेश
१) अगंधर देवकोटा (अध्यक्ष– कास्की सेवा समाज कतार)
२) राजु पौडेल (अध्यक्ष– म्याग्दी प्रवासी नेपाली संघ–कतार)
३) ओमराज गुरुङ (अध्यक्ष– गोरखा सेवा समाज कÞतर)
४) रघुनाथ शर्मा (अध्यक्ष– पर्वत सेवा समाज कतार)
५) पदम गिरी (अध्यक्ष– तनहुँ सेवा समाज कतार)
६) बिनोद प्रसाद बसौला ( अध्यक्ष– लमजुङ सेवा समाज कतार)
७) प्रकाश परियार (अध्यक्ष– सयांगजा सहयोग समाज कतार )
८) नीराजन गौतम (अध्यक्ष– बागलुङ सेवा समाज कतार)

लुम्बिनी प्रदेश
१) कमल अर्याल (अध्यक्ष गुल्मी सेवा समाज कतार)
२) बिष्णु कुवर अध्यक्ष (अर्घाखाची सेवा समाज कतार)
३) लक्ष्मण पौडेल (अध्यक्ष समाजसेवा अभियान रुपन्देही)
४) बिवस बेलबासे (अध्यक्ष बुद्धभूमि कपिलबस्तु सेवा समाज कतार)
५) सिताराम सुनार (प्युठान सेवा समाज कतार)
६) विश्व नाथ भट्टराई (अध्यक्ष पाल्पाली सेवा समाज कतार)
७) बलराम जैसी (अध्यक्ष रोल्पा जलजला सेवा समाज)
८) रण बहादुर के.सी. (अध्यक्ष दाङ देऊखुरि सेवा समाज)
९) दुर्गा हमाल (अध्यक्ष नवलपरासी सेवा समाज कतार)
१०) गोबिन्द जंग शाह (अध्यक्ष बाँके सेवा समाजकतार)
११) गोपाल डांगी (अध्यक्ष रोल्पाली सेवा समाज)

अन्य संस्थाहरु
१) तौंमाया गुरुङ अध्यक्ष तमू समाज कतार
२) श्याम डीसी (अध्यक्ष– खस क्षत्री समाज कतार)
३) बिबेक पुलामी मगर अध्यक्ष मगर समाज कतार
४) चंद्र ल्हेगे तमू अध्ययक्ष तमू पेलुह समाज कतार
५) जीवन राई (अध्यक्ष किरात राई यायोकहा कतार )
६) सागर तुमहंगबे (अध्यक्ष– किरात याक्थुङ चुमलुङ)
७) बिकाश भुजेल (अध्यक्ष भुजेल समाज कतार)
८) राजु महर्जन (अध्यक्ष– नेवा पुच कतार)
९) श्यामलाल चौधरी (अध्यक्ष–थारु कल्याणकारी कतार चयापटर)
१०) शुभराज सुनुवार (अध्यक्ष–सुनुवार सेवा समाज)
११) असलम सापÞmी (अध्यक्ष–राष्ट्रिय मुस्लिम परिषद)
१२) शालीक परियार (अध्यक्ष– परियार मित्रता समाज)
१३) सुबास तामंग (प्रवासी तामाङ समाज)
१४) बिकाश लामा (अध्यक्ष– तामाङ घेदुङ)
१५) गणेश क्षेत्री ( अध्यक्ष– सन्ध्या ग्रुप)
१६) रामेश्वर मण्डल कावा अध्यक्ष धानुक सेवा समाज
१७) कृष्णा सुनार (संयोजक– फिटनेस टीम नेपाल)
१८) राम कुमार यादव अध्यक्ष हेल्प मधेशी सेवा समाज

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १९, १७: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १९, १७: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १९, १७: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...