
काठमाडौं। राजधानी काठमाडौंको लैनचौर– बालाजु सडक खण्डको सोह्रखुट्टेमा परेको करिव १२ फिट गहिरो खाडलमा मोटरसाईकल चालकसहित एक जना यात्रु परेका छन्।
पठाओ चलाउँदै आएका चाबाहिलका विकल शाक्यले बुधबार बिहानै एक जना यात्रु लिएर लैनचौर हुँदै बालाजुतर्फ जाँदै गर्दा नयाँबजारस्थित सोह्रखुट्टे मूलसडकमा परेको खाडलमा परेका हुन्।
सडक धमिलो पानीले भरिएको देखेपछि चालक शाक्यले मोटरसाईकललाई बीच भागबाट अघि बढाए तर उनीसँगै यात्रु खाल्डोमा खसेका थिए।
पठाओका यात्रुसहित खाल्डोमा खसेका चालक शाक्य धन्न बाईक माथि नै परेका थिए। उनको मोबाईल त हरायो तर क्षति भएको मोटरसाईकल भने शसस्त्र प्रहरीले दुई घण्टापछि निकालेको छ।
खाल्डोमा परेको मोटरसाइकल निकाल्न २ वटा पानी तान्ने मोटर र क्रेन मेसिन प्रयोग गर्नुपरेको थियो।
काठमाडौं नयाँबजार धारागल्ली नजिकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मातहतको नयाँ दुई वटा पाईप जोड्ने ठाउँबाट पानी चुहिँदा मूल सडकमै खाल्डो परेको केयुकेएलले जनाएको छ।
केयुकेएलमा बारम्बार खबर गर्दा पनि चुहावट मर्मत नहुँदा सडक नै धरापमा परिणत भएको स्थानीय बताउँछन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...