
काठमाडौं। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भ्रातृ संस्थाहरूको म्याद थप गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वटा भ्रातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने निर्णय भएको बताए।
बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको म्याद यही असार १५ गते नै सकिएको थियो
बैठकले निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले निर्देशन दिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...