युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा – Naya Bikalpa
February 7, 2025, Friday

युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौं। संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि दुई अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने भएको छ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले भने, ‘‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्यक हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्त्वपूर्ण हतियारहरू प्रदान गर्नेछ।’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा यस्तो बताएका हुन्।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको एपीले जनाएको छ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए।

घोषणापछि उमेरोभले अस्टिनलाई उनको समर्थनका लागि धन्यवाद दिनुका साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ असार २०, १३: २७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ असार २०, १३: २७

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ असार २०, १३: २७

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...