दोषीलाई पक्राउ गर्न खोज्दा ढुंगामुडा, वाँके प्रहरीले चलायो गोली – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दोषीलाई पक्राउ गर्न खोज्दा ढुंगामुडा, वाँके प्रहरीले चलायो गोली

नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खन पुरुवामा ११ वर्षदेखि फरार चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएको छ।

प्रहरीले डुडुवा गाउँपालिका–६ शिखनपरुवामा गोली चलाएर सरमानसिंह सरदारलाई पक्राउ गरेको हो। सरदारलाई २०७० असार १८ गते जिल्ला अदालत वाँकेले ६ वर्ष सजाय र १२ हजार जरिवाना तोकेको थियो।

सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुंगामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो।

तर, प्रहरीले पक्राउ गरिसकेपछि स्थानीयहरुले सरदारलाई खोसेर फिर्ता लगेका थिए। त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गोली लागेर चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का प्रहरीको हतियार खोस्ने स्थानीय ३० वर्षीय नानक सिंह सेख घाईते भएका छन्।

स्थानीयको इँट्टा प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २०, १८: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २०, १८: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २०, १८: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...