माओबादीका महरा नेतृत्वको लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो – Naya Bikalpa
July 24, 2024, Wednesday

माओबादीका महरा नेतृत्वको लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

दाङ। सत्ता साझेदार दल नेकपा (एमाले) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। संघीय सरकार नेपाली कांग्रेससँग गठबन्धन गरी बनाउने सहमतिसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो।

नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले बिहीवार नै राजीनामा दिएका हुन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ। एमालेले समर्थन फिर्ता लिइसकेपछि महरासँग १८ मात्र सांसद छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्।

यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ। संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ।

यो प्रदेशमा माओवादी केन्द्रका सभामुख सहित ११ जना मात्र सांसद छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद छन्।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २१, १३: ११

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २१, १३: ११

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २१, १३: ११

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...