झाँक्रीलाई उपाध्यक्ष बनाउन नेकपा एसमा सहमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

झाँक्रीलाई उपाध्यक्ष बनाउन नेकपा एसमा सहमति

काठमाडौं। चर्चित युवा नेत्री रामकुमारी झाँक्रीलाई नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष बनाउने भएको छ।

पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टिम र केन्द्रीय समितिको आज घोषणा हुनेछ।

विहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानितान नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई जिम्मेवारी दिने सहमति भएको थियो।
तीनै जनाले सो पद दोहोर्याएका हुन्। अन्य पदाधिकारी चयन भएको छैन।

पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ। विहीबार घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको छ।

आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ। उनी यसअघि सचिव थिइन्। अहिलेका अन्य सचिवहरूले सोही पदमा निरन्तरता पाउने छन्।

एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टिम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ। पहिलो पटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना छ। यसअघि उनी पार्टीको उपाध्यक्ष थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २१, १३: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २१, १३: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २१, १३: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...