बेलायतको निर्वाचनमा लेबर पार्टीको बहुमत, प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पराजित – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper
प्रधानमन्त्रीबाट राजिनामा दिने सुनकको घोषणा

बेलायतको निर्वाचनमा लेबर पार्टीको बहुमत, प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पराजित

लण्डन। संयुक्त अधिराज्य वेलायतको तल्लो सदनमा भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले बहुमत ल्याएको छ।

योसँगै बेलायतमा लेबर पार्टीले सरकार बनाउने पक्का भएको छ। जितपछि मध्य लण्डनमा बोल्दै लेबर पार्टीका नेत एवम् भावी आगामी प्रधानमन्त्री केयर स्टारमरले अब परिवर्तन भएको बताए।

हाउस अफ कमन्सको कूल ६५० सिटमध्ये लेबर पार्टीले तीन सय ७८ सिट जितिसकेको छ भने ऋषि सुनका नेतृत्वको कन्जरभेटिभ पार्टीले ८८ सिटमा चित्त बुझाउनु परेको बीबीसीले जनाएको छ।

उता लिबरल डेमोक्र्याट्सले ५० सिट जित्दा अन्य साना दलहरू पनि हाउस अफ कमन्समा देखिएका छन्।

अझै पनि एक सयभन्दा बढी स्थानको नतिजा आउन बाँकी नै छ। परिणामपछि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले हार स्वीकार गर्दै माफी मागेका छन्।

कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा पनि गरेका छन्।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार २१, १३: ५७

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार २१, १३: ५७

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ असार २१, १३: ५७

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...