इटहरी। त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.रामजी तिम्सिना बुधबार बिहानदेखि बेपत्ता भएका हुन्।
तर सह–प्राध्याप डा.तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु। अलबिदा’ भनेर लेखेर चिर्कटो भने फेला परेको छ। त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको पारिवारका सदस्यहरुले जनाएका छन्।
उनी वेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन समेत परेको छ। घरका परिवारका अरु सदस्यहरु उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ।
तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा अध्यापन गर्थे। उनी खासगरी समालोचनामा रूचि राख्छन्।
प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए।
प्रहरीले सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको जनाउँदै त्यहाँ रहेका सीसी क्यामेरा पनि नियालिरहेको, सबै सीसी क्यामेरा हेरिने र थप खोजी गरिने जनाएको छ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...