मधेशमा जनमत नेतृत्वको सरकारले पायो विश्वासको मत, मुख्यमन्त्री सिंहलाई ६७ सांसदको समर्थन – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

मधेशमा जनमत नेतृत्वको सरकारले पायो विश्वासको मत, मुख्यमन्त्री सिंहलाई ६७ सांसदको समर्थन

जनकपुरधाम। संघीय सरकारमा सत्ता समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंहले सदनबाट विश्वासको मत पाएको घोषणा गरेका छन्।

प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित भएकामा ६७ सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरेका थिए। विपक्षमा ३४ मत परेको हो।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्।

विश्वासको मत पाएका मुख्यमन्त्री सिंहले सम्भवतः आजै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ।

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८१ असार २३, १२: ५०

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ असार २३, १२: ५०

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ असार २३, १२: ५०

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...