भारतको मेघालयमा कोइलाखानीमा काम गर्ने ४ नेपालीको घाँटी रेटेर विभत्स हत्या – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

भारतको मेघालयमा कोइलाखानीमा काम गर्ने ४ नेपालीको घाँटी रेटेर विभत्स हत्या

काठमाडौं। भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ। मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको जनाइएको छ।

सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो। सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन्।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ।

मारिने ४ मध्य एक जना इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन्। मृत्यु हुने अरू ३ जनाको परिचय खुल्न बाँकी छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ असार २३, १३: १३

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ असार २३, १३: १३

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ असार २३, १३: १३

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...