दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खोलियो – Naya Bikalpa
February 7, 2025, Friday

दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खोलियो

चितवन। भरतपुर महानगरपालिका–१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुला गरे।

मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए।

एउटा शासन व्यवस्थासँग सम्बन्धित बंगलाबारे देशी–विदेशी सबैले अध्ययन अवलोकन गर्न पाउनुपर्ने मन्त्री तामाङको भनाइ थियो। दियालो बंगला नेपाल ट्रस्टको स्वामित्वमा रहेको छ।

यसलाई गत चैतमा भरतपुर महानगरपालिकासँग सम्झौता गरी हरेक दुई–दुई वर्षमा नवीकरण गर्ने गरी भरतपुर महानगरको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिएको थियो। बंगलालाई सङ्ग्रहालयको रूपमा विकास गरी राज परिवारको जीवनशैली अध्ययन गर्न खुला गरिने भनिएको थियो।

२०१९ सालमा निर्माण गरिएको दियालो बंगलामा राजपरिवार बिदा मनाउन आउँथे। सिकारका सौखिन तत्कालीन राजा महेन्द्र तराईमा सिकार खेल्न जाँदा यही दरबारमा बस्ने गर्दथे। २०२८ माघ १७ मा यसै बंगलामा उनको निधन भएको थियो।

राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव यही दरबारमा मनाएका थिए। बंगलामा राजपरिवारले सिकार खेलेर मारेका गोही, बाघका छाला सजाइएको छ भने विभिन्न ऐतिहासिक सामग्री राखिएका छन्।

दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ। त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित छन्। राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ हल र भान्छाका भाँडाकुँडा, सिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि संरक्षण गरेर राखिएको छ।

दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाइएको छ। बाघको टाउको जस्ताको तस्तै सजाएर राखिएको छ। राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही भ¥याङमा राखिएको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हाल सञ्चालन कार्यविधि नभएका कारण सर्वसाधारणलाई निःशुल्क प्रवेश दिने जानकारी गराइन्। उनले देवघाटको प्रवेशद्वार, पूर्वपश्चिम राजमार्गमै रहेको कारण पर्यटकहरूको आकर्षणको गन्तव्य बन्न सक्ने पनि जनाइन्।

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ असार २४, १३: २३

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ असार २४, १३: २३

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ असार २४, १३: २३

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...