कानुन व्यवसायी थापा अदालतका प्रहरीको हातपातबाट घाईते – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

कानुन व्यवसायी थापा अदालतका प्रहरीको हातपातबाट घाईते

काठमाडौं। कानुन व्यवसायी नानी भन्ने लक्ष्मी थापालाई जिल्ला अदालत काठमाडौंको सुरक्षार्थ खटिएका एक प्रहरी जवान जीवन छिनालले हातपात गर्दा घाईते भएकी छन्।

काठमाडौ जिल्ला अदालतको गेटमा दिउँसो सवा एक बजे ती प्रहरी जवानको कुटपिट घटनाबाट घाईते भएकी पीडित कानुन व्यवसायी अधिवक्ता लक्ष्मी भन्ने नानी थापा प्रहरीवृत्त सिंहदरबारको पत्रले घाजाँच गरी हस्पिटलबाट घर फर्किएकी छिन्।

काठमाडौं जिल्ला बार एसोसिएसनका उपसभापति पुरुषोत्तम अधिकारीले सो घटनामा सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन जोडदार माग गरेका छन्।

उनले कानुन व्यवसायीमाथि भएको कुटपिटको यसप्रकारको घटनालाई वास्तविक तथ्यभन्दा फरक तरिकाले अतिरञ्जित गरी घटनाको वास्तविक तथ्यलाई लुकाउने प्रयास गरिएको बताएका छन्।

अधिकारको दुरुपयोग गर्दै कानुन व्यवसायीमाथि कुटपिटमा उत्रिएका प्रहरी जवान जीवन छिनालले आफ्नो दोष र कमजोरी ढाकछोप गर्नका लागि कानुन व्यवसायी थापाले आफूलाई ड्युटीमा रहेको बेला चड्कन हानेको आरोप लगाएका छन्।

ती प्रहरीले आफूमाथि फेरि चड्कन लगाउन सक्ने भएपछि ती कानुन व्यवसायीलाई हातले हुत्याइदिँदा उनको आँखाको मुनीपट्टी रगत नै बग्ने गरी घाउ भएको दाबी गरेका छन् ।

प्रहरी जवान छिनालले आफ्नो कमजोरीलाई लुकाउन आइतबार नै प्रहरी बृत्त सिंहदरबारमा अभद्र व्यवहारको कसुरमा थापा विरुद्ध जाहेरी दिएका छन्।

बर्दीको दुरुपयोग गर्दै आमसर्वसाधरणलाई अनेकौं आरोप र दोषारोपण गरेर आफ्नो गल्ती ढाकछोप गर्ने प्रहरी अधिकारीहरुको संस्कारलाई निरन्तरता दिँदै ति प्रहरी जवानको हातका औंलाले ति कानुन व्यवसायीको गाला चिथोरेको घाउ देखिँदा समेत आफूलाई पानीमुनीको ओभानो बनाउन खोजेका छन्।

काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी नानी थापाले आफूलाई गाली–गलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान जीवन छिनालले उल्टै आरोप लगाएका छन्।

महिला कानुन व्यवसायीलाई त कुटपिट गर्न पछि नपर्ने ड्युटीमा खटिएका प्रहरीले सर्बसाधरण सेवाग्राहीमाथि कस्तो व्यवहार गर्छन भन्ने सहजै अनुमान लगाउन सकिन्छ।

 

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८१ असार २४, १४: २२

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ असार २४, १४: २२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ असार २४, १४: २२

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...