तीन जनाको मृत्यु, दुई बेपत्ता – Naya Bikalpa
July 24, 2024, Wednesday
सुदूरपश्चिममा बाढी र पहिरो वितण्डाः सबै जिल्लामा विस्थापित बढे

तीन जनाको मृत्यु, दुई बेपत्ता

 

धनगढी। लगातारको बर्षासंगै आएको बाढी, पहिरो र डुवानबाट सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा जनधनको क्षती भएको छ।

बर्षापछि पहिरो खस्दा पहाडी जिल्लाको प्रमुख राजमार्ग अवरुद्ध हुनाका साथै कैलाली र कचनपुर जलमग्न भएको छ। प्रहरीका अनुसार पहिरोले च्यापिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।

बाढीले बगाएर कैलालीमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना बाढीमा बेपत्ता भएका छन्। बर्षाका कारण दर्जनौ घर भत्किएर क्षती पुगेको छ।

लगातारको बर्षाका कारण धनगढी, महेन्द्रनगरसहित तराई क्षेत्र डुवानमा परेपछि सयौ घर परिवार विस्थापित भएका छन्।

बाढी विस्थापित परिवारलाई उद्धार गरी सामुदायिक भवन, बिद्यालयमा सारिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) पदम बहादुर बिष्टले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र सवै प्रहरी युनिटलाई हाई अलर्ट राखिएको बिष्टले बताए। बाढी र डुवानमा क्षेत्रमा उद्धार टोली सहित बोट संचालन गरिएको छ।

लगातारको बर्षाका कारण पहिरो जादा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पहिरो खस्दा भिमदत्त राजमार्ग, जयपृथ्वी राजमार्ग, डा.केआई सिह राजमार्ग, दशरथ चन्द राजमार्ग, साफेबगर – मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ।

लगातारको बर्षाका कारण पहिरो पन्छ्याउन समस्या भईरहेको प्रहरीले जनाएको छ। बाढीको सतह बढेपछि कैलाली र कंचनपुरस्थित पूर्वपश्चिम हुलाकी राजमार्गमा आवागमन बन्द भएको छ।

बाढीका कारण यात्रा गर्न समस्या भएको कैलालीको पवेराका प्रेम चौधरी बताउँछन्। बाढीले पूर्वपश्चिम राजमार्ग अन्तगत सुडामा सडक भत्काएको छ। बाढीका कारण सडक भत्केपछि यातायता सेवा बन्द भएको पत्रकार शेर बहादुर सिहले जानकारी दिएका छन्।

सुदूरपश्चिम प्रदेशमा अझै केही दिन वर्षा जारी रहने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले सवैलाई आग्रह गरेको छ। बर्षाका कारण कर्णाली, मोहना, सेती, बुढीगंगा, महाकाली लगायतका ठुला साना नदिमा बाढीको सतह बढ्दै गएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २४, १५: १२

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २४, १५: १२

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २४, १५: १२

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...