काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सरकारी निवास छाडेका छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेसहितका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन्।
गठबन्धन परिवर्तनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी चार मन्त्री चार महिनामै पदमुक्त हुने निश्चित भए पछि सरकारी निवास छाडेका हुन्। रास्वपाबाट सभापति लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ मन्त्री छन्।
रास्वपाका मन्त्रीहरुले राजीनामा दिएका भने छैनन्। केही दिनअघि चारैजना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाउन पत्र बोकेर बालुवाटार गएका थिए तर राजिनामा नबुझाई फर्किएका थिए।
भेटमा प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संसद फेस गर्ने जानकारी गराए र रास्वपालाई पनि राजीनामा दिन हतार नगर्न सुझावका थिए।
प्रधानमन्त्रीको आग्रहलाई स्वीकार गर्दै रास्वपा मन्त्रीहरुले राजिनामा दिएका थिएनन्।
गृहमन्त्री लामिछाने र उपसभापति डीपी अर्यालले गत असार १८ गते नै क्वाटर छोडेका थिए। खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सोमबार छोडेका हुन्। उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन्।
मन्त्री श्रेष्ठ गत शुक्रबारदेखि मन्त्रालय पनि गएका छैनन्। गृहमन्त्री लामिछाने भने मन्त्रालयको काममा व्यस्त नै छन्।
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...
काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...