
गुवाहटी। भारतको असाम राज्यमा बाढीका कारण २९ जिल्लाका ६० लाख मानिस प्रभावित भएका छन्।
भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्रयाकमा बस्न बाध्य छन्।
बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्र्याकमा बस्न बाध्य भएका हुन्।
हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो। बाढीले सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका
त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका स्थानीय विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन्।
प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन्। बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन्।
अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ।
बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला प्रभावित छन्। यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।
होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ। बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ।
होजाई र दिमाहासो जिल्ला नेपाली भाषी बाहुल्य क्षेत्र हो।
बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ।
त्यस्तै, दराङ जिल्लाका ९८ गाउँ डुबानमा परेको आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले बताए।
‘पछिल्लो समय दराङको स्थिति सुधार हुँदै गएको छ। ब्रह्मपुत्र नदीको पानीको सतह घट्दै गएको छ,’ उनले दराङका बाढी प्रभावित क्षेत्रको भ्रमण गरेपछि भने, ‘यस पटक असममा चार वटा तटबन्ध भत्किएका छन्। नदी किनारमा धेरै विनाश भएको छ। हामीले अवस्थालाई गम्भीरतापूर्वक लिएका छौँ। हामी जनतालाई मद्दत गरिरहेका छौँ ।’
सरकारले यसै वर्ष प्रदेशमा दुई सय २० किलोमिटर नयाँ तटबन्ध निर्माण गर्न लागेको मन्त्री हजारिकाले जानकारी दिए।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...