काठमाडौं। हुन्डीको कारोबार गरेको अभियोगमा नेपाल प्रहरीले कुमारी बैंककी कर्मचारीसमेत रहेकी काभ्रेको धुलिखेल निवासी तृप्ती राणालाई पक्राउ गरेको छ।
प्रहरीले २ करोड हुण्डीको रकम आफ्नो खातामा ट्रान्सफर गरेको अभियोगमा राणालाई पक्राउ गरेको छ।
तृप्तीले बैंकबाट खोलिएको तलब खाताको अनुचित प्रयोग गरी २ करोड रुपैयाँ हुण्डीको रकम कारोबार गरेको देखिएको भन्दै बैंकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जनाए।
बैंकले राणाले पटकपटक ठूलोमात्रामा रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएकोले गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको भन्दै आफ्नै कर्मचारीविरुद्ध उजुरी दिएको हो।
राणा बैंककी कर्मचारी युनियनकी नेतृ समेत रहेका कारण बैंक प्रशासनले फसाउनका लागि झुठो उजुरी दिएर फसाएको पनि दाबी गरिएको छ।
राणालाई सोमबार थापाथलीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप समेत गरिसकिएको छ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...