कस्मीर टाईगर्ससँगको भिडन्त्रमा पाँच भारतीय सैनिकको मृत्यु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कस्मीर टाईगर्ससँगको भिडन्त्रमा पाँच भारतीय सैनिकको मृत्यु

नयाँ दिल्ली। भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ।

आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ।

अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो।

कश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ। यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदको शाखा मानिन्छ।

भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मू क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ। गृह मन्त्रालयमा हालै भएको बैठकपछि पुँछ, राजौरी, रियासी, कठुआमा सक्रिय ३० आतङ्ककारीको सूची बनाइएको छ।

आतङ्ककारी र उनीहरूका सहयोगीहरूलाई निर्मूल पार्न शत्रु एजेन्ट ऐनलाई मूल स्वरूपमा लागू गर्ने निर्णय भएको छ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार २५, १६: ४४

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार २५, १६: ४४

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ असार २५, १६: ४४

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...