रास्वपा महामन्त्री डा.मुकुल बर्खास्त – Naya Bikalpa
July 24, 2024, Wednesday

रास्वपा महामन्त्री डा.मुकुल बर्खास्त

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बनमा रहेका महामन्त्री डा.मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो। यसअघि अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो।

आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो। तर केन्द्रीय समितिले भने साधरण सदस्य मात्रै रहने गरी कारबाही गरेको छ।

ढकाल पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्ट हुँदै विभिन्न टिप्पणी गर्दै आएका थिए।

पार्टीले कारवाही गरेपछि डा.ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो।

त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन्।

उनले रवीको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका छन्।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २५, १७: २०

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २५, १७: २०

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २५, १७: २०

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...