नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका १५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा – Naya Bikalpa
July 24, 2024, Wednesday

नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका १५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सवारी चालक अनुमति पत्र (लाइसेन्स) नक्कली बनाएर व्यक्तिगत रुपमा अकुत लाभ लिएका १५ जना कर्मचारीलाई अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख केशव अर्यालसहित १५ जना कर्मचारीलाई विपक्षी बनाएर मुद्दा दायर भएको छ।

उनीहरूको काठमाडौं जिल्ला अदालतले सोमबारदेखि नै बयान सुरु गरिसकेको छ। यातायात व्यवस्था कार्यालय बुटवलमा प्रमुख हुँदा अर्यालले करारमा काम गरेर हटाइएका कम्प्युटर अपरेटरको यूजर प्रयोग गरेर नक्कली लाइसेन्स बनाएका थिए।

बुटवल कार्यालयका अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटरहरू दिलीपकुमार साह, केशव पौडेल र पदमराज आचार्य प्रहरी हिरासतमा छन्।

प्रतिवादी बनाइएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठ भने फरार छन्।

यातायात व्यवस्था विभाग मीनभवनको पत्रपछि सीआईबीले अनुसन्धान गरेको थियो। विभागले अहिले केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल)को सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।

यो प्रणालीमा परीक्षार्थीको व्यक्तिगत अभिलेख, परीक्षासम्बन्धी अभिलेख र सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी विवरण भण्डारण राखिने बताइएको छ।

ईडीएल प्रणालीअघि सवारी लाइसेन्स डीएल प्रणालीमा थियो। त्यही प्रणालीबाट नक्कली साइसेन्स बनाइएको हो।

अहिले डीएल प्रणालीमा भएको विवरण ईडीएलमा स्थानान्तरण गर्ने क्रममा कर्मचारीकै मिलेमतोमा फर्जी अनुमतिपत्र वितरण गर्ने गरेको खुलेको थियो।

त्यही आधारमा विभागले आन्तरिक छानबिन गरी सीआईबीलाई पत्राचार गरेको थियो। कर्मचारीहरूको यूजर आइडीबाट फर्जी विवरण प्रणालीमा इन्ट्री गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको विभागले जनाएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २५, १८: ०१

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २५, १८: ०१

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २५, १८: ०१

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...