ऐतिहासिक जगन्नाथेश्वर मन्दिरमा अग्लो त्रिसुल स्थापना गरिने – Naya Bikalpa
February 9, 2025, Sunday

ऐतिहासिक जगन्नाथेश्वर मन्दिरमा अग्लो त्रिसुल स्थापना गरिने

काठमाडौं । राजधानी काठमाडौंको पश्चिम भेगमा रहेको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित दवाडी टोलमा रहेको जगन्नाथेश्वर मन्दिरमा २७ फिट अग्लो त्रिशुल स्थापना गरिने भएको छ।

यही साउन ३ गते विहान ८ बजे वडाबासी तथा अन्य भक्तजनहरुले कलश यात्रा गर्दै प्राण प्रतिष्ठा, कथा बाचन तथा संगितमय भजन किर्तनको कार्यक्रम गरी ५ गते समापन गरिने भएको छ।

फुर्तिला महिला कृषक समूह आयोजक समितिअनुसार श्री सूर्य नारायण प्रेम सेवा आश्रमद्वारा संचालित १०८ त्रिशुल महाअभियान अन्तर्गत १४औं दिब्य त्रिशुल स्थापना गर्न लागिएको हो।

नागार्जुन नगरपालिका वडा नं. ७ स्थित पुण्डोल स्युचाटारमा अवस्थित दवाडी टोल हाल निर्माणाधिन मनमोहन पार्कसँगै रहेको श्री जगन्नाथेश्वर महादेव मन्दिरमा पञ्चधातुद्वारा निर्मित २७ फिट अग्लो त्रिशुल स्थापना गर्न स्थानीय भक्तजनहरुको आर्थिक सहयोग र श्री सूर्य नारायण प्रेम सेवा आश्रमको सहकार्यमा निर्माण गर्न लागेको कुरा फुर्तिला महिला कृषक समूहकी कोषाध्यक्ष अनिता दवाडीले बताईन् ।

त्रिशुल स्थापनार्थसहित नन्दी, घण्ट र गजुरको प्राण प्रतिष्ठा, पुजन, मधुर कथावाचन तथा संगितमय भजन किर्तनसहित त्रिदिवसीय धार्मिक अनुष्ठान तथा त्रिशुल दर्शन, जल अर्पण, सत्संग कार्यक्रम गर्न लागिएको आयोजक कृषक समुहकी सचिव उर्मिला दवाडीले बताईन्।

त्यसैगरी उक्त तीन दिने धार्मिक अनुष्ठानका लागि उपस्थित भईदिनु हुन सम्पूर्ण भक्तजनहरुलाई कृषक समूहकी अध्यक्ष शुस्मा दवाडीले अनुरोध गरेकी छन्।

सम्बन्धित समाचार

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ असार २५, १८: ३५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ असार २५, १८: ३५

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
  • २०८१ असार २५, १८: ३५

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको  छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...