काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गर्ने भएको छ।
विशेष समितिको बैठकले बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो। सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।
बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल सकिएपछि बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने समितिले जनाएको छ।
‘२९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएको र सबै पीडितहरुसँग छलफल गर्न सम्भव नहुने भएकाले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएको संयोजक सांसाद थापाले बताए।
समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो। अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...