कोशीमा एकै दिन २ अर्ब ३० करोड बजेट खर्च – Naya Bikalpa
July 24, 2024, Wednesday
प्रदेश सरकारको बेथितिको नमुनाः

कोशीमा एकै दिन २ अर्ब ३० करोड बजेट खर्च

काठमाडौं। नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अनियमित तरिकाले सरकारको बजेट खर्च गरेको तथ्य सार्वजनिक भएको छ।

चालु आर्थिक वर्षको बजेट खर्च गर्ने अन्तिम दिन असार २४ गते सोमबारमात्रै कोशी प्रदेश सरकारले २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ।

कोशी प्रदेश सरकारले गत जेठसम्म २० अर्ब १७ करोड मात्रै खर्च गरेको थियो। जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च भएको थियो।

चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ। यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीका सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार र पुँजीगततर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो।

कोशी सरकारले पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार र चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ । कोशीले चालु आवका लागि ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च भएन।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २६, १३: २४

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २६, १३: २४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २६, १३: २४

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...