पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको अध्यादेश खारेज – Naya Bikalpa
July 24, 2024, Wednesday

पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको अध्यादेश खारेज

विराटनगर। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गरेका छन्।

असार २० गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो। मंगलबार प्रदेश प्रमुख खापुङले अध्यादेश खारेजीको निर्णय गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

केदार कार्की नेतृत्वको सरकारले प्रदेशका पदाधिकारी तथा पूर्व मुख्यमन्त्रीलाई राज्यकोषबाट सुविधा दिने गरी अध्यादेश ल्याएको थियो।

गत २६ पुस २०८० मा प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ को दफा २ को ‘ख’ संशोधन गरी प्रदेश सभाका पदाधिकारीको संख्या थप गरेका थिए।

ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई मात्र प्रदेश सभाको पदाधिकारीमा राखिएको थियो।

अध्यादेश मार्फत प्रदेशसभा सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पनि पदाधिकारीको सूचीमा राखिएको थियो।

अध्यादेशमार्फत प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई संशोधन गर्दै जिसस प्रमुखको अधिकार पनि खोसिएको थियो।

ऐनमा प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख हुने प्रावधान थियो। अध्यादेशमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने उल्लेख थियो।

अध्यादेश खारेज भएपछि ऐनको पुरानै व्यवस्था कायम भएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २६, १३: ३०

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २६, १३: ३०

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २६, १३: ३०

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...