महाकाली पारी दोधारामा ७८ वर्षपछि सर्वाधिक बर्षाः ६२४ मिलि मिटर पानी – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

महाकाली पारी दोधारामा ७८ वर्षपछि सर्वाधिक बर्षाः ६२४ मिलि मिटर पानी

महेन्द्रनगर। कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८ः ४५ बजे गरेको मापनअनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो।

बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो।

विभागले यस वर्ष जेठ २८ देखि पूर्वी नेपालबाट सुरू भएको मनसुन असार १४ गते देखि २४ सम्म सक्रिय भएको र यस क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भागमा असार २३ र २४ गते अति भारी वर्षा भएको जनाएको छ।

विभागले २४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि., हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको जनाएको छ।

विभागको वि.सं. २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो।

यस अघि २०७४ साउन २९ गते हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८१ असार २६, १५: ०३

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८१ असार २६, १५: ०३

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८१ असार २६, १५: ०३

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...