उपचारमा लापरवाही गर्ने चिकित्सकलाई निसर्ग अस्पतालले गर्यो बर्खास्त – Naya Bikalpa
July 24, 2024, Wednesday

उपचारमा लापरवाही गर्ने चिकित्सकलाई निसर्ग अस्पतालले गर्यो बर्खास्त

धनगढी। कैलालीस्थित धनगढी उपमहानगरपालिकामा रहेको निसर्ग अस्पतालमा उपचारको क्रममा एक युवतीको मृत्यु भएपछि लापरवाही गर्ने डा.ओमप्रकाश भट्टलाई अस्पताल प्रशासनले बर्खास्त गरेको छ।

उपचारमा लापरबाही गर्ने डाक्टर भट्ट निस्कासन गर्ने, मेडिकल काउन्सिलमा कारबाहीको लागि सिफारिस गर्ने, डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र मृतकका दाइलाई एमबीबीएस अध्ययनका लागि अस्पतालले सहयोग गर्ने सहमति समेत भएको छ।

सहमतिपछि आज बुधबार नै आफन्तले शव बुझेको मृतकका आफन्त नन्दराज जोशीले बताए।

डाक्टर भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको थियो।

डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले हिजो दिनभर अस्पतालमा आन्दोलन गरेका थिए।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २६, १५: ५२

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २६, १५: ५२

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २६, १५: ५२

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...