लम्कीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु – Naya Bikalpa
July 24, 2024, Wednesday

लम्कीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु

धनगढी। कैलालीको लम्कीमा अलग–अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर विक बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला पेरेका विकलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनीको रानिजमरा– कुलरिया सिँचाई आयोजनाको नहरमाथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए।

नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। नहरमाथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २६, १६: ०१

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २६, १६: ०१

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २६, १६: ०१

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...