सक्षमलाई मात्रै सरकारमा पठाउने – Naya Bikalpa
December 7, 2024, Saturday
एमाले सचिवालयको अमुर्त निर्णयः

सक्षमलाई मात्रै सरकारमा पठाउने

 

काठमाडौं। आगामी सरकारको नेतृत्व गर्न गइरहेको नेकपा एमालेले मन्त्रिपरिषद्मा सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ।

एमाले सचिवालयको बुधबार बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टिमलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्मा संघीय संसदका सदस्यहरु सहभागी हुने गर्छन। एमालेले प्रतिनिधि सभाका ७७ सांसद (सभामुखवाहेक) र राष्ट्रिय सभाका ९ जना (उपाध्यक्षवाहेक) कोही पनि सांसद असक्षम भनेर पार्टीले करार गरेको छैन।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रिपरिषद्मा आफूले रुचाएका व्यक्तिलाई छनोट गर्न सक्षम र परिणाम दिन सक्ने भनेर अमुर्त र अस्पष्ट अर्थ दिने गरी मापदण्ड बनाएका हुन्।

अध्यक्ष ओलीले नयाँ र जुनियर सांसदहरुलाई सरकारमा लैजाने योजना बनाई रहेको स्रोतले बतायो।

ओली निकट एक सांसदका अनुसार बरिष्ठहरु पार्टीमा धेरै भएको र एकले अर्कालाई उछिन्न अस्वस्थ प्रतिष्पर्धा गरेकाले अवसर नपाएका जुनियरहरुलाई सरकारमा लैजाने योजना बनाई रहेका छन्।

ओलीले पार्टीबाट जुनियर र मन्त्रीको अनुभव नगरेकाहरुलाई राखेपछि सत्ता साझेदार नेपाली कांग्रेसबाट पनि कुनै बरिष्ठ सांसदहरु सरकारमा सहभागी नहुन भन्ने चाहनाबमोजिम यस्तो रणनीति चालेको बुझिाएको छ।

ओली यो पटक आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री एक जना पनि नराख्ने मुडमा छन्। पार्टीका बरिष्ठ नेताहरुबीच उपप्रधानमन्त्री बन्न अस्वस्थ प्रतिष्पर्धा हुने गरेको भन्दै ओलीलाई यस्तो निर्णयमा पुगेको बुझिन्छ।

यो पटक मन्त्री छनोट गर्दा ओलीले आफ्ना विश्वास पात्र शंकर पोखरेलको समेत सिफारिसलाई हुबहु कार्यान्वयन नगर्ने योजनामा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सी शुक्रबार विश्वासको मत लिने संसदको कार्यसूची बमोजिम सदनको बैठक सकिएपछि सरकार गठनको प्रक्रिया शुरु गर्ने भएका छन्।

त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले एमाले–कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई सङ्ख्याका आधारमा प्रतिनिधित्व गराउने बताए ।

ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए।

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ असार २६, १७: ३१

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ असार २६, १७: ३१

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ असार २६, १७: ३१

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...