काठमाडौं। लुटिएको सुन खोजिदिने भन्दै पीडितबाट साढे आठ लाख रुपैयाँ लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दरबन्दी भएका वरिष्ठ हवल्दार सुन्दर नेपालीलाई लुटिएको सुन फेला पारिदिने भन्दै एक जना पीडितबाट साढे आठ लाख रुपैयाँ लिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा लिएको हो।
बरिष्ठ हवल्दार नेपालीले पीडितबाट साढे ८ लाख रुपैयाँ लिएको गुनासो आएपछि सीआईबीले १७ दिनअघि उनीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा नेपालीले साढे दुई लाख रुपैयाँ लिएको स्वीकार गरेका छन्।
सुन कसको र कति भन्नेबारेमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सीआईबीले नेपालीविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...