काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निलम्बनमा परेका डा.मुकुल ढकालले पार्टी सभापति रवी लामिछानेमाथि सहकारी ठगी र राहदानी दुरुपयोग प्रकरणमा छानबिनको माग गरेका छन्।
राजधानीको अनामनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन्।
पार्टीले मंगलबार महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरेलगत्तै बुधबार पत्रकार सम्मेलन गरेको ढकालले असार १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए।
आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे।
पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ।’
त्यस्तो समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने उनको माग छ।
उनले लामिछानेको राहदानी प्रकरणबारे पार्टीले छानबिन गर्नुपर्ने माग गरे। यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने दाबी गर्दै भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ।’
जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...