काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन्।
युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेपछि उनले त्यसबारे सामाजिक सञ्जालमा भिडियो राख्दै यस्तो स्पष्टीकरण दिएकी हुने।
मन्त्री श्रेष्ठले आफूले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको बताइन्।
आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन्।
मन्त्री श्रेष्ठले भनेकी छन्, त्यसको प्रक्रिया समेत थाहा नभएको जनाएकी छन्।
सतर्कता केन्द्रको पत्रपछि आफूले प्रक्रिया बुझ्दा स्थायी आवास अनुमति दिनुपर्ने र केही वर्ष बसेपछि मात्र नागरिकताका लागि आवदेन दिन पाउने व्यवस्था रहेको थाहा पाएको जनाएकी छन्।
उनले भनेकी छन्, ‘म शिक्षामन्त्री भएको करिव १२० दिन भयो । त्यो भन्दा पनि कम समय पोल्याण्ड बसेको छु।’
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...