जनमत पार्टीद्वारा सचिव साहसहित ७ जना निलम्वित – Naya Bikalpa
February 9, 2025, Sunday

जनमत पार्टीद्वारा सचिव साहसहित ७ जना निलम्वित

काठमाडौं। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ।

पार्टीको अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव विश्वेश्वर प्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो।

पार्टीको केन्द्रीय अनुशासन समितिकी सदस्य सचिव रहेकी पार्टीकी राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले सिरहाको विद्यार्थी जनमत संघका पूर्वअध्यक्ष अरबिन्द सहनी, मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामतीलाई निलम्बन गरेकी हुन्।

मण्डलद्वारा जारी विज्ञप्तिमा मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडाका प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको जनाइएको छ।

जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेका हुन्। सचिव साहवाहेक छ जना नै सिरहाको मिर्चौया निवासी हुन्।

व्यवहार सुधार देखाए फुकुवा गर्ने, नभए थप कारबाही गर्ने जनमतले जनाएको छ।

हेर्नुस् विज्ञप्ति –

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ असार २६, १८: ३३

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ असार २६, १८: ३३

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ असार २६, १८: ३३

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...