काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ शुक्रबारपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भए पनि असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका हुन्।
असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन्। ‘प्रचण्ड’ले सो दिन विश्वासको मत अर्थात १३८ सांसदको समर्थन प्राप्त गर्न सक्ने अवस्था छैन्।
नेपाली काँग्रेस र एमालेको समझदारी अनुसार ‘प्रचण्ड’ले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन्। त्यसक्रमा पहिलो पटक ओली प्रधानमन्त्री बन्नेछन्।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...