प्रकाशमानले देउवालाई भेटेर राखे सरकारमा जाने प्रस्ताव – Naya Bikalpa
July 24, 2024, Wednesday

प्रकाशमानले देउवालाई भेटेर राखे सरकारमा जाने प्रस्ताव

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहले सरकारमा जाने इच्छा व्यक्त गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवालाई उनकै निवासमा गएर भेट गर्दै यस्तो प्रस्ताव राखेका हुन्। पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले आरजु राणा देउवासँग पनि अलग्गै छलफल गरेका थिए।

सिंहले १४औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको सहयोगको गुन तिर्न आग्रह गरेको बताइएको छ।

काँग्रेसमा कृष्णप्रसाद सिटौला वा प्रकाशमानमध्ये एकजनाले काँग्रेसबाट सरकारको नेतृत्व गर्ने सम्भावना छ।

एमाले–काँग्रेस नयाँ गठबन्धनमा मन्त्रीको बाँडफाँड भएको चर्चा बाहिरीएपनि दुवै पार्टी प्रमुख नेताहरुले मन्त्रालयको टुङ्गो नलागेको बताएका छन्।

एमालेले प्रधानमन्त्रीबाहेक अर्थ र काँग्रेसले गृह पाउने सहमती भइसकेको नेताहरु बताउँछन्।

देउवाले गृह मन्त्रालयमा भने सकारमा नेतृत्व गरेर जाने उपप्रधानमन्त्रीलाई नभएर कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई ल्याउन खोजेका छन्।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार २७, १४: ३४

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार २७, १४: ३४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार २७, १४: ३४

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...