
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि नेपाली कांग्रेसका पदाधिकारीदेखि पूर्वपदाधिकारी हुँदै सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर दबाब दिईरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सरकारमा नजाने बताएका छन्।
विराटनगर गएका महामन्त्री थापा र झापा रहेका महामन्त्री शर्माले पार्टी नेता, कार्यकर्तादेखि शुभेच्छुकहरुले ओली नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालय लिएर सहभागी हुन शुभेच्छा प्रकट गरिरहँदा महामन्त्रीद्वयको यस्तो धारणा आएको हो।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफू महामन्त्रीको रुपमा पार्टीको कामका लागि व्यस्त हुने भएपछि मन्त्री नबन्ने जनाए।
महामन्त्रीकै रुपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने भन्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठनतिर गइसकेपछि मात्रै कांग्रेस–एमाले सहमति सार्वजनिक हुने पनि बताए।
पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाबारे जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँगको सहमतिको इमान्दारीताका साथ पालना हुने विश्वास व्यक्त गरे।
महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने पनि बताए।
यता, आफ्नो निर्वाचन क्षेत्र झापा– १ मा अगुवा पार्टी कार्यकर्ताको भेलालाई संवोधन गर्दै अर्का महामन्त्री शर्माले आफू ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका हुन्।
महामन्त्री शर्मालाई सरकारमा सहभागी गराउने सम्वन्धमा सभापति देउवाले समेत कुनै चासो देखाएका छैनन्।
पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहले भने आफूले गएको पार्टीको महाधिवेशनमा दोश्रो चरणमा साथ र समर्थन जनाएको भन्दै त्यसको गुण तिर्न पनि आफूलाई ओली नेतृत्वको सरकारमा सहभागी बनाउन माग गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...