सिमलतालमा पहिरोले बगाएको दुई वसमा थिए ६५ यात्रु, ३ जनाले हामफालेर ज्यान जोगाए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिमलतालमा पहिरोले बगाएको दुई वसमा थिए ६५ यात्रु, ३ जनाले हामफालेर ज्यान जोगाए

काठमाडौं। नारायणगढ – मुग्लिन सडकको सिमलतालमा आज बिहान पहिरोमा २ यात्रुवाहक बस बगेका छन्।

त्यस्तै, सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको ज्यान गएको प्रहरीले जनाएको छ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट ३ यात्रुले हाम फालेर ज्यान जोगाएका छन् ।

वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको खुलेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालकको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २८, १२: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २८, १२: ४७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २८, १२: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...