नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीलाई राजीनामा दिन आग्रह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीलाई राजीनामा दिन आग्रह

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशका तीन प्रमुख राजनीतिक दलहरुले अल्पमतमा परेको भन्दै तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेकोले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था नरहेकाले यथाशीघ्र राजीनामा दिन आग्रह गरेका हुन्।

काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बजेट समेत पास नभएको अवस्थामा मुख्यमन्त्रीले छिटो राजीनामा दिँदा नयाँ सरकार गठन गर्न र बजेट ल्याउन सहज हुने बताए।

केन्द्रमा समेत प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेकाले प्रदेशमा पद ओगटेर बस्नु अब उचित नहुने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले पनि मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे।

सुदूरपश्चिममा काँग्रेस नेतृत्वमा एमाले, नागरिक उन्मुक्तिलाई समेटेर सरकार बनाउने तयारी छ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागी २७ प्रदेश सभाको समर्थन चाहिन्छ । नयाँ गठबन्धनमा काँग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ जना छन् । बजेट अहिलेसम्म पास नभएकाले अध्यादेशबाट बजेट ल्याउने नयाँ गठबन्धनको तयारी छ।

मुख्यमन्त्री सोडारीले भने ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले तत्काल राजीनामा नदिने र सभाबाट विश्वासको मत लिने बताएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ३०, १२: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ३०, १२: ५५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ३०, १२: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...