
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बपेत्ता दुई वटा बसका यात्रुमध्ये दुई जनाको शव पूर्वीनवलपरासीमा फेला परेको छ।
शुक्रबार बिहान दुई वटा बस बेपत्ता भएका थिए। शनिबार तीन वटा शव भेटिएका हुन्। एक शव चितवनस्थित गोलाघाटमा भेटिएको थियो भने दुईवटा शव पूर्वीनवलपरासीमा भेटिएका हुन्।
पूर्वीनवलपरासीको गैंडाकोट नागरपालिका–७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यी दुबै शवको सनाखत भने हुन सकेको छैन। तर, प्रहरीले शुक्रबार त्रिशूलीमा बेपत्ता भएका बसका यात्रु भएको अनुमान गरेको छ।
यसअघि चितवनको गोलाघाटको नारायणी नदीमा भेटिएको शव भारत बिहारका ऋषिपल साह भएको पुष्टि भएको थियो।
उनी त्रिशूलीमा बेपत्ता भएको काठमाडौंबाट रौतहट जाँदै गरेको बागमती प्रदेश ३००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ।
त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ तर, बस हालसम्म भेटिएको छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...