
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा जाने ८ मन्त्रीहरुको नाम टुंगो लागेको छ।
नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री, मानवीर राई रक्षामन्त्री, विद्या भट्टराई शिक्षामन्त्री, देवेन्द्र दाहाल भौतिक योजनामन्त्री, राजकुमार गुप्ता संघीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने भएका छन्।
ओलीले यसअघि कोशी प्रदेशबाट नेता योगेश भट्टराई र लुम्बिनी प्रदेश तथा दलितको प्रतिनिधित्व हुने गरी छविलाल विश्वकर्मालाई मन्त्रीमण्डलमा राख्ने भनी निष्कर्षमा पुगे पनि अन्तिममा रिङबाट आउट गरिएको स्रोतले जनायो।
ओलीले विष्णु पौडेलको दबाबमा लुम्विनीबाट छबिलाललाई हटाई राजकुमार गुप्ताको नाम राखेका छन् भने योगेशको ठाउँमा आफ्नै निर्वाचन क्षेत्र झापा ५ का राष्ट्रिय सभाका सदस्य हुन्।
दाहाल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता हुन। उनी २०७९ पुस १२ गते देखि दलको नेता छन्। एमालेका नेताहरु कसैले कल्पना समेत गर्न नसकेको अवस्थामा माथिल्लो सदनका एमाले संसदीय दलका नेता नै मन्त्री बन्ने विषयमा ओलीले कसैलाई सूचना पनि दिएका थिएनन्। मन्त्रीमण्डलमा उनको आकश्मिक इन्ट्रिलाई रहस्यमय ढंगले लिइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...