कांग्रेसको भागमा गृह, स्वास्थ्य र परराष्ट्रसहित ९ मन्त्रालय, नेतृत्व सिंहलाई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सुदूरपश्चिम र वागमतिबाट ३–३, लुम्विनी र गण्डकी शुन्य

कांग्रेसको भागमा गृह, स्वास्थ्य र परराष्ट्रसहित ९ मन्त्रालय, नेतृत्व सिंहलाई

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेका छन् ।

सिंह उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्।

रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, दिपक खड्का ऊर्जामन्त्री, ऐनबहादुर शाही वन मन्त्री भएका छन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छि विकास मन्त्रीमा रामनाथ अधिकारी नियुक्त भएका छन्।

त्यस्तै, युवा तथा खेलकुदमा तेजुलाल चौधरी नियुक्त भएका छन् ।

कांग्रेसले बागमति प्रदेशबाट सिंह, पौडेल र अधिकारीलाई, सुदूरपश्चिमबाट पाण्डे, लेखक र राणालाई, मधेशबाट चौरसिया र चौधरी मन्त्री भएका छन् भने गण्डकी र लुम्बिनीबाट भने प्रतिनिधित्व छैन ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ३१, १२: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ३१, १२: ४७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ३१, १२: ४७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...