
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्।
सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्।
सिंहले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।
ओली नेतृत्वको सरकारमा सिंह प्रधानमन्त्री ओलीपछिको पहिलो अर्थात मन्त्रिपरिषद्मा दोश्रो बरियतामा छन्।
उपप्रधानमन्त्री भएका सिंह काठमाडौंको निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद हुन् भने पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...