काठमाडौं। केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा जाने मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रधानमन्त्रीमा केपी शर्मा ओली र उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले सपथ लिएपछि १९ मन्त्रीहरुले पनि सपथ लिएका हुन्।
गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ। जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना सांसदले उपप्रधानमन्त्री र मन्त्रीको सपथ लिएका हुन्।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिइसकेका छन्। मन्त्रिपरिषद्मा १३ प्रतिशत जनसंख्याको हिस्सा ओगटेको दलित समुदायबाट भने कसैलाई पनि मन्त्री बनाइएन ।
यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरुः
नेपाली कांग्रेसबाट
१. प्रकाशमान सिंह– उपप्रधानमन्त्रीसहित सहरी विकास
२.रमेश लेखक– गृह
३.आरजु राणा– परराष्ट्र
४.तेजुलाल चौधरी– युवा तथा खेलकुद
५.अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
६.दीपक खड्का– ऊर्जा, जलश्रोत तथा सिंचाई
७.ऐनबहादुर शाही– वन तथा वातावरण
८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी विकास
एमालेबाट
१.विष्णु पौडेल– उपप्रधानमन्त्रीसहित अर्थ
२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
८.मानवीर राई– रक्षा
जनता समाजबादी पार्टी (असोक राई नेतृत्वको)बाट
१.प्रदीप यादव– खानेपानी
२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट
१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...