काठमाडौं। नेपाली कांग्रेसबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपा ्छिरेका छन्।
काठमाडौं क्षेत्र नं. ५बाट निर्वाचित सांसद प्रदीप पौडेलवाहेक कांग्रेसका सबै मन्त्रीहरु शितल निवासमा सपथ खाएपछि पार्टी मुख्यालय सानेपामा गएर प्राङ्गणमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेल भने सपथ लगत्तै रामशाहपथस्थित मन्त्रालय छिरेर पदभार ग्रहणपछि मात्र पार्टी कार्यालय गएका थिए।
त्यस्तै उनीहरूले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण पनि गरेका थिए।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतका मन्त्रीहरू सो कार्यमा संलग्न रहेका थिए।
मन्त्री पौडेल भने पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कर्मचारीहरुलाई निर्देशन तथा शुभकामना कार्यक्रममा सहभागी भएर पार्टी कार्यालय गएका थिए।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...